किसानलाई आलु खेती गराउँदै फ्रेन्च फ्राइज उद्योग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । रुपन्देहीमा सञ्चालित फ्रेन्च फ्राइज उद्योगले किसानमार्फत यान्त्रीकरण (मेसिन) बाट व्यावसायिक आलु खेती सुरु गरेको छ ।

शुद्धोधन गाउँपालिका मैनहियास्थित फस्ट च्वाइस फुडले कैलालीको टीकापुरमा १०० बढी किसानमार्फत २०० बिघा जमिनमा प्लान्टर मेसिनबाट आलु खेती सुरु गरेको हो ।

२ अर्ब लगानीको उद्योगलाई वाार्षिक ३० हजार मेट्रिक टन उन्नत जातको गुणस्तरीय आलु चाहिने भएकाले कन्ट्याक्ट फार्मिङ अवधारणाअनुसार किसानले उत्पादन गर्ने आलुको न्यूनतम समर्थन मूल्य तोकी खरिद सुनिश्चित गरेर व्यावसायिक आलु खेती गराएको हो ।

भारतबाट ल्याएको प्लान्टर मेसिनले ८ घण्टामा ५० बिघा जमिनमा आलु रोपेको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *