|
२०८३ असार ६
काठमाडौँ, असार ६ — फिफा विश्वकपअन्तर्गत समूह चरणको खेलमा ब्राजिलले हाइटीमाथि प्रभावशाली प्रदर्शन गर्दै ३–० को जित दर्ता गरेको छ।
अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा माथेउस कुन्हाले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए भने भिनिसियस जुनियरले अर्को गोल थपे। पहिलो हाफमै तीन गोल गरेको ब्राजिलले खेलभर दबाब कायम राख्दै सहज नतिजा निकाल्यो।
यस जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक बटुल्दै समूह ‘सी’को शीर्ष स्थान कब्जा गरेको छ। लगातार दोस्रो हार व्यहोरेको हाइटी भने नकआउट चरण पुग्ने दौडबाट लगभग बाहिरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्