श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन नपाउने एन्फालाई राखेपको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाण्डौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग श्रम स्वीकृती नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको छ।

राखेपले आइतबार एन्फालाई पत्र पठाउँदै सञ्चालनमा भइरहेको राष्ट्रिय लिगमा सहभागी केही विदेशी खेलाडीहरूले श्रम स्वीकृतीरइजाजत नलिई खेलिरहेको भन्ने उजुरी प्राप्त भएको जनाएको छ।

उजुरीअनुसार विदेशी खेलाडीहरू पर्यटक भिसामा नेपाल आएर प्रतियोगितामा खेलिरहेको र उनीहरूलाई श्रम स्वीकृतीबिना खेलाएको हुन सक्ने आशंका गरिएको पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *