काठमाडौँ । नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् ।
यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीमा आयोजित युरोपियन च्याम्पियनसिप जित्न महत्वपूर्ण योगदान दिए । जहाँ स्पेनले चौथोपटक युरोपको उपाधि उचालेको थियो ।
गत सिजन उनले बार्सिलोनाबाट स्पेनिस सुपर कप, कोपा डेल रे र ला लिगा गरी थप तीन उपाधि जिते । अहिलेको सिजनमा पनि उनले दोस्रो स्पेनिस सुपर कप जितिसकेका छन् । जनवरीमा साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै उपाधि जितेको थियो ।
स्पेनको भावी सुपरस्टारका रूपमा हेरिएका यमाल अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बनेका छन् । धेरैले उनलाई भविष्यमा विश्व फुटबलको सबैभन्दा ठूलो पुरस्कार जिताउने खेलाडीका रूपमा पनि हेर्ने गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्