नेपाली कप्तान किरण चुनिए उत्कृष्ट एसियाली खेलाडी

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

काठमाडौं – नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन्।

एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्वाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन्।

१० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५.६९ प्रतिशत मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका साउदी अरवका सलेह अल सेहरीले २०.७२ प्रतिशत तथा तेस्रो स्थानमा रहेका इराकका अला अली मवाइले १०.१६ प्रतिशत मत ल्याएका छन्।

राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० छनोट गरी एएफसीले सर्वेक्षण गरेको थियो।

हेर्नुहोस् १० स्थानसम्म को–को चुनिए?

नेपालले गत साता बंगलादेशलाई पराजित गरी ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय ट्रफीका रुपमा थ्री नेशन्स कपको उपाधि उचालेको थियो। किर्गिस्तान यू–२३ टोलीसमेत सहभागी प्रतियोगितामा नेपाल अपराजितरह्यो भने किरणले १ गोलमात्र खाएका थिए।

नेपालले किर्गिस्तान र बंगलादेशसँगको समूह चरणको खेलमा गोलरहित बराबरी खलेको थियो भने फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *