काठमाण्डौँ । अमेरिका र स्कटल्यान्डसँगको ४ खेलमा ४ जितसहित नेपाल ‘ए’ले उत्कृष्ट प्रदर्शन गरेको छ । अन्तिम खेलमा अमेरिकालाई ७ रनले पराजित गरेको हो ।
माथिल्लो मूलपानी मैदानमा अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ४९.५ ओभरमा २६४ रन बनाउँदै अलआउट भएको हो ।
नेपाल ‘ए’ले दिएको २६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो । अमेरिकाको लागि सेहान जयसुरियाले सर्वाधिक ७१ रनको पारी खेले। उनले ६७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ब्याटिङ गरेको नेपाल ‘ए’को लागि सन्दीप जोराले सर्वाधिक १११ रनको शतकीय पारी खेले। उनले ११५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका हुन्। उनले पाँचौं विकेटको ललागि वसिर अहमदसँग ९९ रनको साझेदारी बनाएका थिए।
ओपनरद्वय तृतराज दास र अनिल शाहले समान ९र९ रन बनाए। मयन यादवले २४, वसिर अहमदले ३८, पवन सर्राफले २० र नारायण जोशीले १६ रन बनाए।
नेपाल ‘ए’ले यसअघिको तीन वटै अभ्यास खेलमा जित दर्ता गरेको थियो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ४६ रनले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले हराएको थियो। तेस्रो खेलको बीचमा वर्षाले खेल रोकिँदा नेपालले डिएलएस पद्धतीमा ९ रनले जित दर्ता गरेको हो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्