फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १३

काठमाण्डौँ । ब्राजिलले फिफा क्लब विश्वकप २०२९ आयोजना गर्ने प्रस्ताव फुटबलको सर्वोच्च निकाय फिफासामु पेस गरेक छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो रियो दि जेनेरियो भ्रमणमा रहेका बेला ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का पदाधिकारीहरूले उक्त प्रस्ताव बुझाएका हुन् ।

इन्फान्टिनोको ब्राजिल भ्रमण मुख्यतः २०२७ महिला विश्वकपको तयारी प्रक्रिया अघि बढाउने उद्देश्यमा केन्द्रित थियो। उक्त महिला विश्वकप ब्राजिलका आठ शहरमा आयोजना हुने तय भइसकेको छ ।

यसैबीच, फिफाको विस्तारित क्लब प्रतियोगिता दक्षिण अमेरिकाको सबैभन्दा ठूलो बजार ब्राजिलमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन् । फिफाले २०२५ संस्करणका लागि परम्परागत बिड प्रक्रिया नगरी संयुक्त राज्य अमेरिकालाई ३२ टोली सहभागी हुने प्रतियोगिता आयोजना गर्ने जिम्मा दिएको थियो । तर, २०२९ संस्करणको आयोजक कसरी छनोट गरिने भन्ने विषयमा फिफाले अझै स्पष्ट मापदण्ड सार्वजनिक गरेको छैन ।

सीबीएफका अध्यक्ष सामिर जाउदले यस विषयमा छलफल जारी रहेको बताएका छन् ।

२०२९ संस्करणका लागि ब्राजिलको एक क्लबले प्रतियोगितामा स्थान पक्का गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *