काठमाण्डौ । १०औँ संस्करणको प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा आज भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो ।
यस्तै अर्काे खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा आजदेखि शुरू भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
एनभीए भलिबल लिगका उत्कृष्ट महिला र पुरुष टोलीले सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्