घरेलु मैदानमा नेपालले ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २६

काठमाण्डौँ । नेपाल पुरुष क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्ने भएका छन् । यो सिरिज २५ अप्रिलदेखि सुरु हुनेछ ।

यो सिरिज १० मार्चदेखि सुरु हुने तालिका थियो । तर, इरान–इजरायल–अमेरिका युद्धका कारण स्थगित भएको थियो । अब सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) जनाएको छ । यस सिरिजपछि नेपालले अर्को लिग–२ सिरिजमा स्कटल्यान्ड र अमेरिकालाई पनि २१ मेदेखि आतिथ्यता दिनेछ ।

लिग–२ सन् २०२७ मा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप २०२७ मा छनोट हुने माध्यम हो । उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने तय छ । लिग २ मा आठ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *