|
२०८२ माघ २६
काठमाण्डौँ । आईसीसीटी–२० विश्वकप को डेब्यु खेलमै इटाली पराजित भएको छ ।
सोमबार सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा स्कटल्यान्डसँग इटाली ७३ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।
जितसँगै २ खेलबाट २ अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्