काठमाण्डौँ । पाकिस्तानी क्रिकेट टिमका कप्तान सलमान आगाले आगामी ट्वान्टी-२० विश्वकपमा भारतविरुद्ध नखेल्ने निर्णय खेलाडीको नभएको प्रतिक्रिया दिएका छन् ।
अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० शृंखलाले ३-० ले क्लिन स्विप गरेपछि आइतबारको प्रेस कन्फ्रेन्समा उनले यसबारे संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
पाकिस्ताले ट्वान्टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने जनाएको छ ।
भारतले फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता श्रीलंकासँग मिलेर सहआयोजना गर्दैछ । दुई छिमेकी देश भारत र पाकिस्तान अबको विश्वकपमा एउटै समूह ए मा रहेका छन् ।
पाकिस्तान सरकारको यो निर्णयपछि अबको विश्वकप थप विवाद र अन्योलतामा परेको छ । दक्षिण एसियाली भूराजनीतिका कारण विश्वकप बहिस्कारदेखि टिम निष्कासनसम्ममा परेको हो । यसअघि सुरक्षाको कारण देखाएर बंगलादेशले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो ।
बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले त्यसलाई स्वीकार गरेन र बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने निर्णय गरेको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्