नवौं एनभीए च्याम्पियनसिपमा पुरुषतर्फ पुलिस विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ संघर्ष गर्दै विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘बी’को आफ्नो पहिलो खेलमा ढोरपाटन क्लबलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो ।

जितसँगै पुलिसले ३ अंक जोडेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट पुलिसले २५–२० ले जितेको थियो ।

तर, दोस्रो सेट भने सहजै २५–१४ ले आफ्नो पक्षमा बनायो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो। उक्त सेट ३५–३३ ले आफ्नो पक्षमा पार्दै ढोरपाटनले खेल २–१ मा ल्यायो

तर, चौथो सेटमा भने ढोरपाटनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन र सेट २५–१४ ले गुमायो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *