|
२०८२ माघ १
काठमाडौं । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा रियल दोस्रो टायरको क्लब अल्बासेटेसँग ३–२ ले पराजित भयो।
अल्बासेटेका जेफ्टे बेटानकरले दुई गोल गर्दा जस्टो भिल्लाले एक गोल गरे। रियलका लागि फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले एक–एक गोल गरे। इन्जुरी समयको अन्तिम मिनेटमा बेटानकरले निर्णायक गोल गर्दै अल्बासेटेलाई जित दिलाए।
पछिल्लो समय कमजोर लयमा रहेको रियल मड्रिड यससँगै प्रतियोगिताबाट नकआउट भएको हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्