कोपा इटालिया लिगः इन्टर मिलान र युभेन्टस भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २०

लन्डन – कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा आज इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा हुने पहिलो लेगमा इन्टर मिलान र युभेन्टस एक अर्कालाई हराउदै जित निकाल्ने कोसिसमा हुने छन् । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

इन्टर मिलानको टिममा रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, क्रिस्टियन इरिक्सन, निको बरेल्ला, अचरफ हाकिमी, इभान पेरिसिस, एलेसान्द्रो बास्टोनी र गोलरक्षक समिर हान्डानोभिच रहने छन् भने युभेन्टसको टोलीसँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, फेडरिको चिइसा, जुआन कोर्डाडो, वेस्टन म्याकिन्नी, अर्थर, रोड्रिगो बेन्टानकर, डानिलो, जर्जियो चिलियानी, लियोनार्दो बोनुची र गोलरक्षक वजसिएच सेजेस्नी रहने छन्।

इन्टर मिलानले क्वाटरफाइनलमा एसी मिलानलाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।पछिल्लो २५ खेलमा युभेन्टस १३ खेलमा विजयी हुदा इन्टरले चार खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको छ ।

दोस्रो लेग १० फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ । अर्को सेमिफाइनलमा बुधबार राति नेपोली र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो लेग ११ फेब्रुअरीमा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *