एसियन कप छनोटमा आज नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

काठमाण्डौँ । एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलमा नेपालले मंगलबार भियतनामसँग प्रतिस्पर्धा गर्दै छ । खेल भियतनामको थोङ नाट स्टेडियममा नेपाली समयानुसार साँझ ६ः१५ बजे शुरु हुनेछ ।

कागजी रुपमा यो नेपालका लागि ‘होम म्याच’ हो । तर व्यावहारिक रूपमा भने खेल भियतनाममै हुँदैछ । गत साता भएको अवे खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको थियो ।

छनोटको यसअघिका तीनै खेलमा हार व्यहोरिसकेको नेपाल समूहको पुछारमा अंकविहीन अवस्थामा छ। समूह ‘एफ’ मा रहेको नेपाल आजको खेलमा पराजित भएमा बाँकी दुई खेल खेल्नुअघि नै छनोटबाट बाहिरिनेछ।

यसैवीच, आजको खेल नेपाली डिफेन्डर रोहित चन्दका लागि विशेष छ। उनी आजको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट १०० खेल पूरा गर्ने दोस्रो खेलाडी बन्दै छन् । यसअघि कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीबाट १०० खेल पूरा गरेका थिए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *