एन्फाको कार्यशैलीप्रति वरिष्ठ उपाध्यक्षसमेत असन्तुष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालको एन्फा नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली फुटबलको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै नेतृत्वलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष विराटजंग शाही तथा सदस्यहरू रविन चन्द ठकुरी र रुपेश अधिकारी पनि सहभागी थिए ।

‘एन्फाले सुशासन कायम गर्न सकेन, बहराइनमा खेलिएको होम खेलको २० हजार डलर अझै आएको छैन। अहिले पनि हामी आफ्नो होम खेल भिएतनाम गएर खेल्दैछौं। यही विषयमा हामीले असन्तुष्टि जनाएका छौं’ बस्नेतले भनेका छन् ।

खड्काले हालको नेतृत्वले फुटबल विकासप्रति उदासीनता, सरोकारवालाको बेवास्ता, आर्थिक अपारदर्शिता, र संवेदनशील घटनामा लापरवाही देखाएको आरोप लगाएका छन् । मकवानपुरस्थित एन्फा एकेडेमीमा खेलाडीको मृत्युबारे छानबिन हुन नसक्नु र पीडित परिवारलाई न्याय नदिलाइनुमा उनले असन्तोष व्यक्त गरे।

उनले लिग सञ्चालनमा ढिलाइ, अन्तर्राष्ट्रिय खेल आयोजना गर्न असफलता, र खेलाडीलाई वाचा गरिएका पुरस्कार नदिनु जस्ता कारणले फुटबलको आधार कमजोर बन्दै गएको बताए। साथै, दशरथ र पोखरा रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार नबनाउँदा खेल आयोजनाका अवसर गुमेको भन्दै उनले नेतृत्वको आलोचना समेत गरेका छन् ।

खड्काले एन्फाको आर्थिक कारोबार पारदर्शी नहुनु, विश्वकप टिकट र खेल पोशाक खरिदमा अनियमितता जस्ता मुद्दा पनि उठाए । साधारण सभा र निर्णयहरू समयमै कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *