|
२०८२ आश्विन २७
काठमाण्डौँ । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
जनपुरले चन्द्रपलको नियुक्तिले उपाधि रक्षा अभियान पूरा हुने विश्वास लिएको छ । उनले पुबुदु दासानायकेको स्थान लिनेछन् । दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक छन् ।
चन्द्रपलले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपलले २० हजार भन्दा बढि रन बनाएका छन् ।
उनीसँग सिपीएको फ्रेन्चाइज टोली जमैका तथा अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हालेको अनुभव छ ।
एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्