यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं ।  नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईलाई १ रनले पराजित गरेको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले निर्णायक अन्तिम ओभर गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। यसअघि नेपालले आसिफ शेखको अर्धशतकको मद्दतमा १४० रन बनाएको थियो।

यूएईका अलिशान सराफूले ५८ रन बनाए पनि जित दिलाउन सकेनन्। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा यूएई १ रनले पछि पर्दै पराजित भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *