|
२०८२ आश्विन २५
काठमाडौँ — पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले मलेसियालाई अन्तिम खेलमा ५ विकेटले हराउँदै श्रृंखला ३-२ ले जितेको छ।
बुधबार बिहान सम्पन्न अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो। यसअघि दोस्रो र चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने पहिलो र तेस्रो खेलमा क्रमशः ३ रन र १३ रनले मलेसियालाई हार व्यहोर्नु परेको थियो।
यस जितसँगै नेपालले घरेलु मैदानमा महिला क्रिकेटमा महत्वपूर्ण सफलता हात पारेको छ र आगामी प्रतियोगिताहरूमा पनि यो सफलता दोहोर्याउने आशा जगाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्