काठमाडौँ — नेपाली राष्ट्रिय महिला भलिबल टिमले नयाँ प्रायोजक पाएको छ। शेयर ब्रोकर कम्पनी इम्पेरियल सेक्युरिटिजले सिनियर तथा जुनियर महिला टोलीको प्रायोजन गर्ने सम्झौता गरेको हो।
नेपाल भलिबल संघ र इम्पेरियलबीच शुक्रबार सम्पन्न सम्झौतामा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इम्पेरियलका अध्यक्ष भक्तिराम घिमिरेले हस्ताक्षर गरे।
दुई वर्षका लागि गरिएको उक्त सम्झौता अनुसार इम्पेरियलले हरेक वर्ष २० लाख रुपैयाँ प्रदान गर्नेछ। त्यसैगरी, प्रत्येक वर्षको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँको नगद पुरस्कार पनि दिने व्यवस्था छ।
सम्झौता समारोहमा महिला टिमका लागि डिजाइन गरिएका सेतो र निलो रंगका नयाँ जर्सीहरू पनि सार्वजनिक गरियो।
इम्पेरियल सेक्युरिटिज यसअघि खेलकुद क्षेत्रमा सक्रिय थिएन, तर अब भलिबलमार्फत आफ्नो उपस्थितिलाई सुदृढ बनाउने संकेत देखिएको छ। यता, क्रिकेट क्षेत्रमा भने नासा सेक्युरिटिजले प्रायोजन गरिरहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्