जापान विरुद्ध टस जितेर नेपालले बलिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २४

काठमाण्डौँ । आईसीसी टी२० विश्वकप एसिया तथा प्यासिफिक छनोट अन्तर्गत जापान विरुद्धको खेल नेपालले टस जितेर बलिङ रोजेको छ ।

ओमनको अल अमरेत क्रिकट ग्राउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पिल्डिङ रोज्दै जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

समूह बी मा रहेका नेपाल र जापानले यसअघि नै कुतेवलाई पराजित गर्दे सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कुवेतलाई ५ विकेटले हराएको थियो ।

सुपर सिक्समा स्थान पक्का गरिसकेकोले आजको खेल नेपाल र जापानको लागि अघोषित रुपमा सुपर सिक्सको खेल जस्तै हुनेछ । आज जित्ने टिमले सुपर सिक्समा २ अंक लिएर जानेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *