धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता असोज ३० देखि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

धनगढी — सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको छ। गोदावरीस्थित संस्कार मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय र तृतीय टिमले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेशभरिका क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *