काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा, नेपाल सहभागी नहुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १५

काठमाडौं, १४ असोज – सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा)को आयोजनामा हुने काभा महिला नेसन्स लिग अब अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा हुने भएको छ। प्रतियोगिता यसअघि नेपालमा नोभेम्बर १५ देखि २२ सम्म आयोजना गर्ने तय भएको थियो, तर हाललाई स्थगित गरिएको छ।

मंगलबार आयोजकले सार्वजनिक गरेको प्रतियोगिताको खेल तालिकामा नेपालको नाम समावेश छैन। यसपटक प्रतियोगितामा आयोजक उज्बेकिस्तान, इरान, कीर्गिस्तान र ताजिकिस्तानले मात्र सहभागिता जनाउनेछन्।

नेपालको सहभागिता नहुने विषयमा नेपाल भलिबल संघले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। प्रतियोगिता स्थगित हुनु र तालिकाबाट नेपालको नाम हटाइनु पछाडि के कारण छ भन्नेबारे स्पष्ट जानकारी आएको छैन।

काभा महिला नेसन्स लिग एसिया क्षेत्रको महत्त्वपूर्ण भलिबल प्रतियोगिता मानिन्छ। यसपालि नेपालको अनुपस्थितिले समर्थकहरूमा निराशा छाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *