वेस्ट इन्डिजमाथि ऐतिहासिक सिरिज जित, नेपालले रच्यो नयाँ कीर्तिमान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

काठमाडौं, १४ असोज — नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० श्रृंखलामा लगातार दुई खेल जित्दै एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ। सोमबारको दोस्रो खेलमा नेपालले ९० रनको फराकिलो जित दर्ता गर्दै टेस्ट राष्ट्रविरुद्ध पहिलो श्रृंखलामै ऐतिहासिक सफलता हात पारेको हो।

आसिफ शेख र सन्दीप जोराले चौथो विकेटका लागि १०० रनको साझेदारी गर्दै नेपालको ब्याटिङ सम्हाले भने मोहम्मद आदिलले ४ विकेट लिए। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो।

यस जितसँगै नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध द्विपक्षीय श्रृंखला जित्ने तथा सबैभन्दा ठूलो अन्तरको जित दर्ता गर्ने कीर्तिमान कायम गरेको छ। श्रृंखलाको अन्तिम खेल मंगलबार हुनेछ, जसमा नेपालले क्लिनस्वीप गर्ने मौका पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *