काठमाण्डौँ । म्याच रेफ्रीलाई हटाउने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को मागलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रूपमा अस्वीकार गरेको छ ।
आईसीसीले यूएईमा चलिरहेको एशिया कप टी–२० क्रिकेटमा ‘हात नमिलाउने’ विवादमा म्याच रेफ्री एन्डी पाइक्राफ्टलाई बदल्ने पीसीबीको मागलाई अस्वीकार गरेको क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकबजले जनाएको हो ।
आईसीसीको पत्रले म्याच रेफ्रीले भारतीय टोलीको तर्फबाट काम गरिरहेको भन्ने पाकिस्तानको भनाइलाई खण्डन गरेको छ ।
गएको आइतवार भारतका खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएपछि यो विषय चर्चामा आएको थियो । यसबाट असन्तुष्ट बनेको पीसीबीले म्याच रेफ्रीको बारेमा एशियाली क्रिकेट परिषद् (एसीसी) र आईसीसीलाई गुनासो गरेको थियो ।
पीसीबीले आफूहरूको माग आईसीसीले स्वीकार नगरे प्रतियोगिता बहिष्कार गर्ने बताएको थियो । अब पाकिस्तान क्रिकेट टोलीले के गर्छ भनेर हेर्न बाँकी छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्