|
२०८२ भाद्र २२
पोखरा — पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लाभाजकी कप्तान तथा राष्ट्रिय टिमकी खेलाडी अरुणा शाही घाइते भएकी छन्। कर्णाली यश्विसविरुद्धको खेलको दोस्रो सेटका दौरान बल रिसिभ गर्ने क्रममा आफ्नै टिमकी विदेशी खेलाडी भेरोनिका जुबरेभासँग ठोक्किँदा शाहीको आँखामाथिको भागमा चोट लागेको हो।
चोटको कारण उनी तत्काल मैदान बाहिरिएकी थिइन्। अस्पतालमा पाँच टाँका लगाइएको र अवस्था सामान्य रहेकाले उनी साँझ नै टिमसहित बसेको होटेल फर्किएकी छिन्।
खेलको पहिलो सेट लुम्बिनीले २५–२३ ले जितेको भए पनि त्यसपछि कर्णालीले लगातार तीन सेट जित्दै (२५–२१, २५–१७, २५–२२) खेल ३–१ ले आफ्नो पक्षमा पार्यो।
शाहीको चोटका कारण उनी लिगका बाँकी खेल गुमाउने सम्भावना छ। लुम्बिनीले आज पोखरा निन्जाजसँग प्रतिस्पर्धा गर्नेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्