नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्थ्यो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा कमजोर देखिए । अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ ।

उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ । एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *