चेन्नई सुपर किंग्सका दिग्गज खेलाडी धोनीले आईपीएल २०२६ खेल्ने सम्भाबना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाण्डौँ । चेन्नई सुपर किंग्सका दिग्गज खेलाडी महेन्द्रसिंह धोनीले आईपीएल २०२६ मा खेल्ने सम्भावना प्रबल बनेको छ ।

भारतीय समाचार संस्था रिभस्पोर्ट्जको एक रिपोर्टअनुसार चेन्नई सुपर किङ्सको नयाँ अध्यक्षमा एन. श्रीनिवासन नियुक्त भएपछि धोनीलाई थप एक सिजन मौका दिन उनको भूमिका रहने बुझिएको छ ।

उनले धोनीलाई एक सिजन थप खेल्न मनाउने संकेत देखिएको छ । केही दिनअघि मात्र सीएसकेको अध्यक्षमा नियुक्त भएका श्रीनिवासनसँग धोनीको आत्मीय सम्बन्ध रहेको बताइन्छ र यही कारण उनले अर्को वर्ष पनि धोनीलाई टिमलाई साथ दिने सम्भावना बढेको हो ।

अर्कोतर्फ चेन्नई टोलीनिकट स्रोतहरूले पनि धोनीले कम्तीमा एक वर्ष अझै खेल्ने तयारी गरेको बताएका छन् । धोनीले सुरुवातमै आफ्नो भविष्यबारे निर्णय सिजन नजिकिँदै मात्र गर्ने बताएका थिए ।

पछिल्लो हप्ता धोनीले एक कार्यक्रममा घुँडाको चोटका कारण आफू द्विविधामा रहेको बताएका थिए । उनले डिसेम्बरसम्म समय लिएर आईपीएल २०२६ खेल्ने–नखेल्ने निर्णय गर्ने बताएका थिए ।

आईपीएलका लागि खेलाडी रिटेन गर्ने समय नोभेम्बरसम्म छ भने अक्सन डिसेम्बर आसपास हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *