|
२०८२ भाद्र १३
काठमाण्डौँ । युवराज खत्रीको सानादर बलिङसँगै नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई पराजित गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले ९६ रनको जित हात पारेको हो । योसँगै ५ खेलको सिरिज १–१ को स्थितिमा पुगेको छ । पहिलो खेलमा नेपाल नेपाल डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनले पराजित भएको थियो ।
नेपालका युवराजले सर्वाधिक ४ विकेट लिए । ३.२ ओभर बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए । बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि एसीए क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्