हरेक महिना बंगलादेशले एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १६

काठमाण्डौं । आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

बंगलादेश फुटबल महासंघ (बीएफएफ) महिला समिति अध्यक्ष तथा एएफसी कार्यकारी समितिका सदस्य महफुजा अख्तर किरोनले मंगलबार बीएफएफ हाउसमा आयोजित कार्यक्रममा यो जानकारी दिइन् ।

सोमबार सार्वजनिक भएको ड्र अनुसार बंगलादेश ‘बी’ समूहमा परेको छ। यो समूहमा ९ पटकको च्याम्पियन चीन, उत्तर कोरिया र उज्बेकिस्तानजस्ता कठिन प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यो प्रतियोगिता मार्च १ देखि अस्ट्रेलियाका तीन सहरमा सुरु हुनेछ ।

किरोनले महिला राष्ट्रिय टिमको तयारी योजना सफल बनाउन निजी क्षेत्र र कर्पोरेट घरानाहरूलाई आर्थिक सहयोग गर्न अपिल पनि गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *