हेल्प नेपालले काभा च्याम्पियन्स लिगको पहिलो खेलमा माल्दिभ्सको धवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ३१

काठमाण्डौँ । हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्सको क्लब धिवेही सिफाइन्ससँग खेल्ने भएको छ । काभा च्याम्पियन्स लिगको सुरुआती खेल हेल्प नेपालले धिवेहीसँग खेल्दै लिगको सुरुआत गर्ने भएको हो ।

काभाले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार हेल्प नेपालले पहिलो खेल बिहीबार धिवेहीसँग खेल्ने तय भएको छ । च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५ राष्ट्रका ६ क्लबले सहभागिता जनाएका छन् । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ।

यस्तै, हेल्प नेपालले तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक-कीर्गिस्तानसँग खेल्ने तय छ। चौथो खेल भने कजाकस्तानको जायक भिसीसँग खेल्नेछ । लिगको पाँचौं तथा अन्तिम खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट्स अथोरिटीलाई चुनौती प्रस्तुत गर्ने छ ।

लिग चरणमा शीर्ष दुईमा रहने टिम उपाधिका लागि भिड्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *