सोलुखुम्बु । बिश्व भलिबल दिबसको अबसरमा सोलुखुम्बुमा आयोजना गरिएको मैत्रीपुर्ण भलिबल खेलको उपाधी नेपाल पत्रकार महासंघले जितेको छ । जिल्ला भलिबल संघ सोलुखुम्बुको आयोजनामा सोमबार सम्पन्न खेलमा नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा सोलुखुम्बु प्रथम भएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वयको प्राङ्गणमा भएको प्रतियोगितामा ७ टिम सहभागी रहेको थियो । जसमा नेपाल शिक्षक महासंघ सोलुखुम्बु टिम दोश्रो, जिल्ला भलिबल रेफ्री संघले तेश्रो भएको छ । खेलमा प्रथम ,द्दितीय र तृतिय हुने टिमलाई क्रमशः नगद ११ हजार १ सय ११ , ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ को साथमा टफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिको मैदानमा सम्पन्न खेल समापन समारोहमा सोलुखुम्बुका राष्ट्रिय भलिबल खेलाडी तथा कोशी प्रदेसका भलिबल टिम क्याप्टेन बिष्णु बस्नेतलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्