
काठमाण्डौँ । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उत्सव खड्कालाई नै प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
क्लबले खड्काकै प्रशिक्षणमा टोलीले प्रतियोगिता खेल्ने जानकारी दिएको हो ।
खड्काको प्रशिक्षणमा ललितपुर क्विन्स पहिलो संस्करणको फाइनलमा कर्णाली यश्विजसँग पराजित हुँदा उपविजेता बनेको थियो ।
यस्तै, खड्काको प्रशिक्षणमा हेल्प नेपाल स्पोर्टस क्लबले गत महिना सम्पन्न हेल्प नेपाल नवौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया