×

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुखुम्बुबाट खेलाडी सहभागी नहुने

जेष्ठ २३, २०८२ | दाक्सु मिडिया

सोलुखुम्बु । यस वर्षको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुखुम्बु जिल्लाबाट कुनै पनि खेलाडी सहभागी नहुने भएको छ । जिल्लाका आठवटै स्थानीय तहबाट खेलाडी छनौट गरिसकिएको भए पनि जिल्लाको प्राविधिक कारणले प्रदेश स्तरीय प्रतियोगितामा खेलाडी पठाउन नसकिएको सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रदेश खेलकुद विकास बोर्डको पत्रअनुसार जेठ २४ र २५ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडीहरूलाई जेठ २३ गतेभित्र पठाउनु पर्ने भनिएको भए पनि प्रदेशबाट खेलाडी छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउन नसकेको तथा जिल्लाले समेत बजेटको व्यवस्था गर्न नसक्दा समस्या सृजना भएको बताइएको छ ।

यता प्रदेश खेलकुद विकास बोर्डले केन्द्र सरकारले नै बजेट नपठाएको भन्दै जिल्लामा बजेट पठाउन नसकेको स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: