
काठमाण्डौँ । पोखरामा भर्खरै नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा प्रतियोगिता सम्पन्न भएको छ । त्यस लगतै पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा यहि जेठ २७ देखि ३१ सम्म पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको सन्दर्भमा यसको विकास र व्यावसायिक उचाइमा र्पुयाउने उद्देश्यले प्रचण्ड कप सुरु गरेको एकेडेमिका अध्यक्ष दीपक कोइरालाले बताएका छन् । प्रतियोगिताले महिला भलिबल खेलाडीहरूको क्षमताको पहिचान र प्रवद्र्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएको छ ।
प्रतियोगितामा राष्ट्रियस्तरका ६ प्रमुख महिला टिमहरूले सहभागीता जनाउने छन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ ।
यस्तै, अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा हुने प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्बोत्कृष्ट खेलाडीले ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सहभागी टिमहले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको अध्यक्ष कोइरालले बताएका छन् । उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै फागुनसम्म पुरूष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले वृहत खेलकुद महोत्सव आयोजनाको तयारी गरिरहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया