नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ५

काठमाण्डौँ । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हराएको थियो ।

यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् ।

त्यस्तै पूर्वकप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान दिइन् ।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *