
काठमाण्डौँ । ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन् । उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन् ।
ब्राजिलको राष्ट्रिय टोलीबाट बर्खास्त भएपछि उनले पहिलो जिम्मेवारी सम्हाल्न लागेका हुन् । मार्चमा अर्जेन्टिनासँग ४–१ ले ब्राजिल पराजित भएसँगै पद गुमाएका थिए ।
कोरिन्थियन्सका लागि जुनियरको पहिलो खेल बुधबार ब्राजिलियन कपमा नोभोरिजोन्टिनोविरुद्ध हुनेछ ।
उनी अर्जेन्टिनी प्रशिक्षक रामोन डियाजको स्थानमा आएका हुन्, जसलाई क्लबले यसै महिनामा बर्खास्त गरेको थियो। डच स्ट्राइकर मेम्फिस डिपे समावेश रहेको टोली अहिले रक्षात्मक समस्याबाट ग्रस्त देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया