×

एनएसएल : लयमा रहेको चितवनविरुद्ध झापालाई गोल गर्ने चुनौती

चैत्र २३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र चितवन एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

७ टोली सहभागि लिगमा एक तिहाई खेल सकिसकेको छ । अहिलेसम्म खेल नजित्ने र गोल पनि नगर्ने टिममा झापा एफसी छ । झापा एफसीले यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको थियो ।

अर्कोतर्फ अहिलेसम्म खेलको दुई खेल जित्दै शतप्रतिशत जित निकाल्ने एक्लो टोलीको रुपमा एफसी चितवन छ । चितवन अंकतालिकाको शीर्ष स्थानमा रहँदा झापा पाँचौ स्थानमा छ ।

खेल नजितेपनि अपराजित रहँदै २ अंक जोडेको झापालाई लयमा रहेको चितवन विरुद्ध गोल गर्ने चुनौती छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: