प्रधानमन्त्री कपमा एपीएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले पराजित गर्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १३

काठमाण्डौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ ।

कोशीले दिएको २ सय ५५ रनको लक्ष्य एपीएफले ८ विकेट गुमाएर ३२ बलअघि भेटायो । एपीएफका लोकेश बमले नटआउट ८४, कप्तान रोहित पौडेलले ६१ रन बनाए । कोशीका फिर्दोश अन्सारी र दिपेश कँडेलले ३/३ विकेट लिए ।

यो जीतसँगै एपीएफ ९ खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । एपीएफ फाइनलमा पुग्ने सम्भावना कायमै छ । भोलि हुने त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलको नतिजाले फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यो खेल आर्मीले फराकिलो अन्तरले हारेमा एपीएफ फाइनल पुग्ने सम्भावना छ । आर्मी ८ खेलमा १४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

पुलिस ८ खेलमा १६ अङ्कसहित एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । कोशीले ९ खेलमा २ अङ्कसहित पुछारमा रहेर प्रतियोगिता सकाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *