×

नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित

अशोज १९, २०८१ | दाक्सु मिडिया

काठमाडौं : नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो।

क्यानडामा सम्पन्न लिग-२ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन। नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो।

नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो। नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो।

यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो। नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: