×

बोहोराफाँट समाज जापानको आयोजनामा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता

चैत्र २२, २०८० | दाक्सु मिडिया

काठमाडौ ।बोहोराफाँट समाज जापानले सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल कप २०२४ प्रतियोगिता आयोजना गर्ने भएको छ। जापानकै Toda sports center, 335-0021 Saitama ken todashi niizo 1286 मा 25 जुनमा प्रतियोगिता संचालन हुने छ।

स्थापनकाल देखिनै संस्थाले जापानमा भएका विभिन्न खेलमा सहभागी जनाउदै आएको छ। खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको सक्रियता, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ जापानमै पहिलो पटक आयोजना गरिएको हो।

प्रतियोगिता प्रथम द्वितीय र तृतीया हुने समूहले नगद ४ लाख येन, २ लाख ५० हजार येन, १ लाख येनको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। त्यस्तै प्रतियोगितामा ७ विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रमाणपत्रको साथमा अनुशासित एक टोलिलाई ट्रफी द्वार सम्मान गरिने खेल संयोजक केशव बोहराले बताउनु भयो।

संस्थाका अध्यक्ष एक बहादुर बोहराका अनुसार गाउँको शिक्षा, स्वस्थ, खेलकुद मैदान जस्ता विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त खेल आयोजना गर्न लागिएको बताउनु भयो ।
प्राकृतिक प्रकोप, दुखी पीडित समाजमा भैपरि आउने संकटको बेला संस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको संस्थाका महासचिव पवन बोहराले चर्चा गर्नु भयो।

खेलकुदको माध्यमबाट आपसी सद्भाव सुमधुर तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक प्रकाश बोहरा क्षेत्रीले जिकिर गर्नुभयो।

बोहोराफाँट जन्म घर भई जापानमा कर्म थलो बनाई बसेका एजु केन पर्याप्त बोहोराफाँट बासीलाई सम्मानको समेत कार्यक्रम रहने संस्थाका सचीव केशव कार्किले बताउनु भयो ।

प्रतियोगितामा भुतपुर्व, उदयमान तथा चर्चित खेलाडीहरुको उपस्थित रहने आयोजकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: