
न्यु भिजन स्टार क्लब माप्य दुधकोशी गाउँपालिका ४ ले 5 A साईट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कार्तिक १,२ र ३ गते काकु मा वि भेडाचौरको प्राङ्गणमा पुरुष गाउँपालिका वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो । ८ जना खेलाडी सहित टिम प्रशिक्षक अनिवार्य हुनुपर्ने संस्थाका अध्यक्ष सुनिल राईले जानकारी दिए ।
खेलमा पोशाक र फुटबल सुज अनिवार्य गरिएको छ। बिजेता टिमले जनही तीस हजार, बीस हजार, दस हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । खेलभर उत्कृष्ट खेल्ने खेलाडीहरुको लागि समेत पुरस्कारको व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया