×

थुलुङ दुधकोशी गाउँपालिकामा भलिबल खेल आयोजना

अशोज ८, २०८० | दाक्सु मिडिया सम्वाददाता

नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीले अन्तर वडा स्तरीय भलिबल खेल आयोजना गरेको छ ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका स्थित सुकेपोखरीमा कार्तिक २ गते देखि विजय दशमी तथा दीपावलीको अवसरमा खुल्ला महिला तथा पुरुष खुल्ला भलिबल खेल आयोजना गरीएको पालिका कमिटीका अध्यक्ष भुपाल सिंह राईले जानकारी दिए।


खेलमा प्रथम द्वितीय र तृतीय हुनेले जनही पचास हजार तीस हजार र बीस हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र पाउने छन भने एक जना उत्कृष्ट खेलाडीलाई पच्चीस सय नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरीने राईले बताए ।
कार्यक्रम सोलुखुम्बु जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मान वीर राईको विषेश उपस्थितमा सम्पन्न हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: