×

थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस भिड्दै

चैत्र १७, २०७९

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअ‍ोसबीच फाइनल खेल हुँदै छ। दुबै टोली एकअर्कालाई हराएर उपाधि जित्ने लक्ष्यमा हुनेछन्। 

नेपाली टोली घरेलु मैदान र घरेलु दर्शकको जोडदार समर्थन रहने हुँदा उच्च मनोबलका साथ मैदान उत्रिनेछ। 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्। 

नेपालले जारी प्रतियोगिताको अघिल्लो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो। 

नेपाल र लाओस्बीचको हेड टु हेडमा पनि नेपाल अगाडि छ। अहिलेसम्म भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा लाओस्विरुद्ध नेपालले एक जित र एक बराबरी खेलेको छ। 

सन् २०१६ मा भएको एफसी सोलिडारिटी कपमा पनि नेपाल र लाओस्ले बराबरी खेलेको थियो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: