×

बार्यनले शीर्ष स्थानमा फर्कने अवसर गुमायो

चैत्र ६, २०७९

जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ ।

आइतबार राति भएको खेलमा बायर लिभरकुसेनसँग साविक विजेता बार्यन २ – १ गोलले पराजित भएको हो ।

सुरुवाती अग्रता लिएपनि बायर्नले जोगाउन सकेन । २२ औँ मिनेटमा जोजुवा किमिखले गोल गरेका थिए। तर लिभरकुसेनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

५५ औँ मिनेटमा एक्साकिल पालासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । ७३ औँ मिनेटमा उनैले पुन पेनाल्टीमै गोल गरेपछि बार्यनले तीन अंक गुमायो । यो हारले उसले अंक तालिकाको शीर्ष स्थानमा फर्कने अवसर गुमायो ।

बार्यन म्युनिखका पूर्व खेलाडी जाभी अलन्सो हाल लिभरकुसेनका प्रशिक्षकको जिम्मेवारीमा छन् । उनको सबै प्रतिस्पर्धामा गरी यो लगातार पाँचौँ जित हो । जारी सिजनको बुन्डेसलिगामा तेस्रो हार व्यहोरेको बायर्न २५ खेलबाट ५२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड एक अंकले अघि छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: