
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ।
आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २-१ ले पराजित गरेको हो ।
हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । डर्टमण्डले शनिबार कोल्नलाई ६-१ ले हराएर शीर्ष स्थानमा उक्लेको थियो ।
बायर्न हारेपछि डर्टमण्डले यो साता शीर्ष स्थानमै रहेर अन्त्य गर्नेछ ।२५ खेलपछि डर्टमण्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ ।
खेलको २२औं मिनेटमा जोसुअ किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५५औं मिनेटमा लेभरकुजनका पलासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
७३औं मिनेटमा पलासियोसले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायर लेभरकुजनलाई २-१ को जित दिलाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया