ओडिआई वरीयतामा नेपालको ब्यापक सुधार

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो। 

योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। 

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२  खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *