×

महिला प्रिमियर लिग : रोयल च्यालेन्जर्सलाई हराएसँगै दिल्लीको चौथो जित

फाल्गुन ३०, २०७९

महिला प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको छ । यो दिल्लीको जारी लिगमा चौथो जित हो ।

डी वाई पाटिल रंगशालामा भएको खेलमा दिल्लीले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५० रन बनायो । एलिशा हेलीले अविजित ६७ रन जोडिन् । ५२ बलमा ४ चौका र ५ छक्का प्रहार गरी उनले अर्धशतकिय पारी बनाएकी हुन् । 

ऋचा घोषले ३७ रन जोडिन् । सोफी डिभाइनले २१ र हिथर नाइटले ११ रन थपे । शिखा पाण्डेले सर्वाधिक तीन विकेट हात पारिन् । जवाफमा उत्रिएको दिल्लीले पहिलो ओभरमा नै विकेट गुमाएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: