सोलुका किराँती बने ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिप

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

सोलुखुम्बु । सोलुखुम्बु नेचासल्यानका महेश किराँती ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ एण्ड इनलाइन बेन्च प्रेस २०२३ को च्याम्पियनसिप बनेका छन् ।

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका किराँती आईतबार ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा ९ देशका प्रतियोगिलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

किराँतीले ८५ केजी तौल समुह तर्फ १८५ केजी तौल उठाएर उपाधि जितेका हुन् । यससँगै उनले निकट भविष्यमै युएईमा हुने प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *