क्यान्सर जितेर दौडिन बेलायतदेखि पोखरा आएकी मञ्जु गुरूङ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

हो दिन्छन्।  

राष्ट्रिय महिला भलिबल टिमकी पूर्वखेलाडी मञ्जु गुरुङ पनि क्यान्सर लागेकोमा धन्य छिन्। उनलाई स्तन क्यान्सर भयो। उपचार भयो। उपचारपछिको जीवनको अनुभवमा उनी धन्य भएकी हुन्।

भन्छिन्, ‘मलाई स्तन क्यान्सर भएकोमा भगवानलाई धन्यवाद भन्छु। आफ्नो जीवन राम्रोसँग चिनोस् भनेर ढोका ढक्ढक्याएको जस्तो लागेको छ।’

क्यान्सर हुनुअघि उनीसँग आफ्नो लागि समय थिएन। खानपिन र आरामको नियमित तालिका थिएन। ‘क्यान्सर हुनुअघि भद्रगोल थियो मेरो जीवन। अहिले पछाडि फर्केर हेर्दा कस्तो जीवन बिताएछु जस्तो लाग्छ,’ उनले भनिन्।

यही फागुन ६ गते आयोजित ‘पोखरा म्याराथन’ मा भाग लिन लन्डनबाट आएकी मञ्जुले ५ किलोमिटर दौड पूरा गरिन्। उनले म्याराथन जित्न भाग लिएकी थिइनन्। अप्रतियोगी सहभागीका रूपमा दौडिएर क्यान्सर जित्न सकिन्छ आफ्नो आत्मबल साझा गर्न चाहिन्थन्।

उमेरले ५७ वर्ष नाघेकी मञ्जुको स्फूर्ति अहिले पनि जुझारु खेलाडीको भन्दा कम छैन। बेलायती गोर्खा सैनिकको परिवारमा जन्मेकी मञ्जु सुरुमा पौडी खेल्थिन्। हङकङ बस्दा पौडी खेल्न थालेकी थिइन्। धेरै प्रतियोगीताहरूमा पुरस्कार जितिन्। नेपाल आएपछि पौडीलाई निरन्तरता दिन पाइनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *